भेरी अस्पतालमा थप दुई कोभिड संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै २० गते भेरीमा भर्ना भएका भेरीगंगा नगरपालिका–१३ सुर्खेतका पुरुषमा त्यसैदिन कोभिड पुष्टि भएको थियो । उनको आज विहान मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech