भारतले दिएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्कियो

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

ढल्केवरः धनुषाको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिकास्थित ढल्केवर स्वास्थ्य चौकीले १० वर्षअघि भारतीय दूतावासबाट पाएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किँदा स्थानीय बिरामीहरु मर्कामा परेका छन् ।

एम्बुलेन्स चार वर्षदेखि मर्मत सम्भार नहुँदा विरामीलाई २५ किलोमिटरको बाटो सदरमुकाम जनकपुरधाम लैजानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

२०६४ माघमा नेपालस्थित भारतीय दूतावासले ढल्केवर स्वास्थ्य चौकीलाई निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्सले ढल्केवर र वरपरका क्षेत्रका बासिन्दालाई अस्पताल लैजान सहज मानिन्थ्यो । तर एम्बुलेन्स अचानक बिग्रिएपछि चार वर्षदेखि त्यसै थन्किएको अन्नपूर्ण पोष्टले लेखेको छ ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech