बाँकेमा आज १५ जना थपिए, ५ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती बैजनाथ र कोहलपुरका हुन्। योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६१ पुगेको छ ।

यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ५५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०७ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ५ जना भेन्टिलेटरमा छन् । २५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech