सरकारले ल्यायो नयाँ एम्बुलेन्स निर्देशिका, क र ख वर्गकाले मात्र भन्सार छुट पाउने

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७८, मंगलवार

नेपालगन्ज: सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको छ। नयाँ निर्देशिका सरकारबाट स्वीकृत भएसँगै एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ खारेज भएको छ।

सरकारले जारी गरेको नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्स सञ्चालन गर्दा क र ख कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने छ।

यसअघि एम्बुलेन्स क, ख र ग गरी तीन वर्गका थिए। सरकारले नयाँ ल्याएको निर्देशिकामा क र ख वर्गको मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र ग वर्गका एम्बुलेन्सहरुले अब नविकरण गरेर ख वर्गमा आउनुपर्ने व्यवस्था गरेको छ।

अब क र ख वर्गका एम्बुलेन्स खरिद गर्दा मात्र राजस्व छुट पाइने छ। प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले उक्त निर्देशिका कार्यन्वयनका लागि स्वीकृती भदौ १८ गते दिइसक्नुभएको छ।

एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावालीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा छ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech