भेरीमा दुईजना कोभिड संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७८, मंगलवार

नेपालगन्जः भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो।

सल्यानकी ३० वर्षिया महिलाको गएराती मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै दाङ, शान्तिनगर–१ की ५८ वर्षीया महिलाको पनि गएराती मृत्यु भएको थियो। भेरी अस्पतालमा यही भदौ ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यो सँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ।

केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकोमा हाल फेरी भेरी अस्पतालमा मृत्यु हुने क्रम बढ्न थालेको अस्पतालले जनाएको छ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech