कोभिड संक्रमित महिलालाई भेरी अस्पतालका नर्सले खुवाए दर

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

नेपालगन्जः तीजको अवसरमा भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सहरु मिलेर बिरामी महिलासँग तीज मनाएका छन्।

अस्पतालको कोभिड वार्डमै पुगेर नर्सले संक्रमित महिलालाई चुरा र टिकुली प्रदान गर्नुका साथै विभिन्न परिकारका तीजको दर खुवाएका हुन्।

वार्डमा भर्ना भएका करिव दुई दर्जन संक्रमित महिलालाई तीजको कोशेली चुरा र टिकुली प्रदान गर्नुका साथै दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएका थिए।

महिलाको महान पर्व हरितालिका तीज नजिक आइरहेका बेला बाहिर रौनकता छाएपनि कोभिड वार्डमा भर्ना भएका महिला मृत्युसँग लड्नु परिरहेको अवस्थामा अलिकति भएपनि पीडा कम होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको नर्सहरु बताउँछन्।

दिनरात आफ्नो सेवामा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिँदा र दर खुवाउँदा अधिकांस संक्रमित महिला हर्षित थिए। अस्पतालको कोभिड वार्डमा करिव चार दर्जन संक्रमित बिरामी उपचाररत छन् ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech