हेपाटाइटिसको उपचार खानपिन

    • डा अवशेष भण्डारी

  • २१ भाद्र २०७८, सोमबार

हरेक वर्ष ग्रीष्म ऋतु र वर्षा यमसँगै कलेजो ओपीडीमा बान्ता आउने, पेट दुख्ने, आँखा पहेलो हुने बिरामीको संख्या बढ्ने गर्छ। कोहीलाई घरमै उपचार गर्ने गरी पठाइन्छ त कोहीलाई बिरामी भर्ना गरिन्छ। यसरी आउने प्रायः बिरामी हेपाटाइटिसको सिकार भएका हुन्छन्।

के हो हेपाटाइटिस ?
प्रायः हेपाटाइटिस भन्नाले कलेजो सुनिनेलाई भनिन्छ। यो दुई प्रकारको हुन्छ। एकुट चार हप्ताभित्र लक्षण देखिने हुन्छ भने अर्को क्रोनिक हुन्छ। जुन ६ महिनाभन्दा लामो चल्ने गर्छ। यहाँ वर्णन गरिएको एकुट हेपाटाइटिस हो। यो प्रायःजसो भाइरल कारणले हुन्छ। ए, बी र ई भाइरस हेपाटाइटिसका मुख्य भाइरस हुन्।

रोग लगेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्ताम उपाय हो। सही तरिका बुझेर राम्रोसँग खानपिनमा ध्यान दिए हेपाटाइटिसबाट पनि बच्न सकिन्छ। फोहोर खाना र फोहोर पिउने पानीबाट हाम्रो शरीरमा प्रवेश गर्छ। २ देखि ४ हप्ताभित्र आफ्नो असर सुरु गर्छ। विशेषत बच्चामा बढी देखिने भाइरल हेपाटाइटिस ठुलो मान्छे र गर्भवती महिलामा पनि देखिन्छ। भन्ने गरिन्छ कि बच्चामा एक पटक यो भएकै हुन्छ।

हेपाटाइटिसका अरू कारणमा अत्यधिक रक्सीको सेवन, केही औषधि जुन बढी डोजमा लिइन्छ– पारासिटामोल (ज्वरो र दुःखाइका लागि लिने), टिभीको औषधि प्रमुख पर्छन्। कोरोनाको समयमा हरेक वर्र्ष ग्रीष्म ऋतु र वर्षा यामसँगै कलेजो ओपीडीमा बान्ता आउने, पेट दुख्ने, आँखा पहेलो हुने बिरामीको संख्या बढ्ने गर्छ। कोहीलाई घरमै उपचार गर्ने गरी पठाइन्छ त कोहीलाई बिरामी भर्ना गरिन्छ। यसरी आउने प्रायः बिरामी हेपाटाइटिसको शिकार भएका हुन्छन्।

के हुन् यसका लक्ष्यण ?
प्रायःजसो बिरामीको माथिल्लो पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, बिस्तारै आँखा पहेलो हुँदै जाने, ज्वरो आउन सक्ने र खान मन नलाग्ने हुन सक्छ। जे खायो त्यो बान्ता हुन सक्छ। जन्डिस बढ्दै गएमा जिउ चिलाउने हुन सक्छ। भनिन्छ, खाना खान यति मन लाग्दैन कि चुरोट पिइरहनुपर्ने मानिसले पनि चुरोट पिउन मन गर्दैनन्। खाना नखाएर एकदम कमजोरीको आभास बिरामीलाई गराउँछ।

कलेजो सुनिँदै जाँदा, कलेजो ठुलो हुने र दुख्ने गर्छ। यदि सही समयमा उपचार नगरे बिस्तारै बेहोस हुँदै जान्छन्। अन्त्यमा शरीरका अरू अंग पनि बिग्रदै जान सक्छ।

कसरी गर्ने उपचार ?
उपचार गर्नु अघि के कारणले हेपाटाइटिस भएको हो थाहा पाउनुपर्छ। यदि कुनै औषधि वा कुनै तत्व सेवन गरेर भएको हो भने तुरुन्त बन्द गर्नुपर्छ। बिरामीको अवस्था हेरेर कत्तिको गम्भीर छ छुट्याउनु पर्छ। प्रायःजसो भाइरल हेपाटाइटिस सामान्य अवस्थामा हुन्छन्। उनीहरूलाई घरमै उपचार गर्न सकिन्छ। यो समयसँग आफैं कम हुँदै जान्छ।

स्वास्थ्य खाना, उमालेको पानी, प्रशस्त झोल कुरा, चिल्लोरहित खाना, ज्वरो र बान्ताको सामान्य औषधि दिएरै कम हुँदै जान्छ। यदि धेरै बान्ता भएमा, खाना खानै नसकेको खण्डमा, बेहोसीतिर बिरामी विस्तारै भएमा तुरुन्तै भर्ना गर्नुपर्छ। केही तत्वको विशेष औषधि हुन्छ, नत्र प्रायः कसमा के लक्षण छ हेरी त्यही प्रकारको उपचार गरिन्छ।

यसबाट बच्न के गर्नुपर्छ ?
प्रायः यो फोहोर खानपिनबाट सर्ने हुनाले आफ्नो खाना र पिउने पानीमा विशेष ध्यान दिनुपर्छ। सफा पानीले तरकारी र फलफूल पखाल्ने, बाहिर जथाभावी खाना नखाने र सकेसम्म उमालेको पनि पिउने नत्र भने फिल्टर गरेको पानी पिउनुपर्छ। राम्ररी पाकेको खाना खाने र सडेगलेको खानाबाट पर बस्नुपर्छ। कुनै पनि औषधि सही मात्रामा लिनुपर्छ। धेरै टाउको दुख्यो भन्दैमा पारासिटामोल धेरै मात्रमा लिनु हुँदैन। नबुझी कुनै पनि वनस्पति मिश्रित औषधिको धेरै सेवन गर्नुहुँदैन।

अहिले कोरोनाबाट बचाउँछ भन्दै आएका तत्वहरूको बारेमा बुझेर चिकित्सकको परामर्श लिएर मात्र सेवन गर्नुपर्छ। अन्त्यमा, रोग लगेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो। हेपाटाइटिस एउटा प्रमुख कारण हो, अहिलेको अवस्थामा अस्पताल जानुपर्ने कारण मध्येमा। यसलाई सही तरिकाले बुझेर राम्रोसँग खानपिनमा ध्यान दिए यसबाट बच्न सकिन्छ। हेर्दा सामान्य लाग्ने यो रोग कहिलेकाँही ज्यान लिने प्राणघातक परिमार्जित हुनसक्छ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech