सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सकिन्छ र ?

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो । अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरुलाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् ।

दही

दैनिक एक कचौरा दही सेवन गर्नाले तौल र पेटको बोसो कमगर्न सकिन्छ । यसमा क्याल्सियम, प्रोटीन, भिटामिन हुन्छ जसले वजन कम गर्नका साथै स्वस्थ राख्न मद्दत गर्दछ । दहीमा रहेको प्रो–बायोटिक ब्याक्टेरियाहरूले पाचन प्रणालीमा सुधार गर्छ । जसको कारण दहीले पेटका धेरै किसिमका समस्याहरुलाई समाधान गर्छ । यो वाहेक दहीले ग्याँस, कब्जियत तथा पेट फूल्ने समस्यालाई कम गर्न मद्धत गर्छ ।

ग्रिन टी

एक कप ग्रिन टी दैनिक पिउंदाँ शरीरको बोसो कम हुन्छ । शरीरमा भएको बोसोलाई कम गरेर र तौललाई नियन्त्रणमा राख्न ग्रिन टीले मद्धत गर्छ । ग्रिन टी ले शरीरको पाचनक्रियालाई राम्रो बनाउछ भने अनावश्यक क्यालोरीहरूलाई नष्ट गर्न मद्दत गर्दछ । ग्रिन टीमा फ्लेभोनोइडको एक प्रकार हुन्छ, जसलाई क्याफिन भनिन्छ, जो एक एन्टिअक्सिडेन्ट हो । क्याफेचिनले थप फ्याटलाई कम गर्न मद्दत गर्दछ, जबकी दुबै क्याफेचिन र क्याफिनले शरीरलाई उर्जा दिन मद्दत गर्छ ।

अण्डा

अण्डा प्रोटीनको उत्तम स्रोत हो । यसले शरीरको मेटाबोलिजम सुधार गर्दछ र पेटको बोसो कमगर्न मद्धत पुऱ्याउंछ । अण्डाले ऊर्जा दिन्छ, जसले अत्यधिक खाना सेवनलाई रोक्छ । तौल घटाउनका लागी अण्डाको सेतो भाग मात्र खानु पर्छ ।

केरा

केरा वजन कम गर्ने सही विकल्प हो । यसमा फ्याटको मात्रा कम र फाइबर तथा भिटामिनको मात्रा उच्च हुन्छ । केरामा रहेको डाइटरी फाइबरले पानी अवशोषण गर्दछ जसले पेटमा धेरै ठाउँं लिन्छ र यसले लामो समयको लागि अघाएको महसुस गराउदछ । यस बाहेक केराले शरीरमा मेटाबोलिज्मलाई बढाउन मद्धत पनि गर्छ ।

बदाम

धेरै पौष्टिक तत्वहरूले भरिएको बदाम दिमागको गति बढाउनका लागि मात्र होइन, यसको सेवनले तौल घटाउन पनि लाभदायक मानिन्छ । यसको थोरै सेवनले पेट भरिन्छ र बढी खाना खानलाई नियन्त्रण गर्छ । साथै, केरामा भएको जिंक र भिटामिन बीले सुगरबाट हुने समस्याहरु नष्ट गरिदिन्छ ।

लसुन

यदि तपाई वजनसंगै पेटको बोसो घटाउन चाहनुहुन्छ भने बिहान खाली पेटमा पानीको साथ कांचो लसुनको एक पोटी खानुहोस् । यतिमात्र नभइ, यदि तपाई पेयको रूपमा उमालिएको पानीमा लसुनसंग कागतीको रस पिउनुहुन्छ भने तपाईले दुई गुणा छिटो तौल घटाउन सक्नुहुनेछ । लसुनको दैनिक सेवनले मेटाबोलिजम र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

 

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech