यी खानेकुरा खानुस्, तनाव घटाउनुस्

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

बच्चालाई शिक्षाको तनाव, युवालाई जागिरको । बुढेसकालमा स्वास्थ्य सम्बन्धी समस्या । अहिले आम मान्छेलाई थुप्रै समस्याले तनाव बढाइरहेको छ । यो परिवेश बीच विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । तनावकम गरी मन शान्त बनाउने केही खानेकुराबारे पोषणविद् सुवर्ण गुरागाईंको टिप्स यस्तो छ ।
दही

दही खानाले तनावकम हुन्छ र दिमाग शान्त रहन्छ । दहीमा भएको माइक्रो बैक्टेरियाले चिन्ता र तनाव कमगर्न मद्दत गर्दछ ।

डार्क चकलेट

डार्क चकलेटको सेवनले व्यक्तिलाई तनाव, चिन्ता र उदासी कमगर्न मद्दत गर्दछ । चकलेटमा एन्टि अक्सिडेन्टहरूले मस्तिष्कको कार्य सुधार गर्दछ । यसले रक्त सञ्चारमा पनि सुधार गर्दछ ।

ग्रिन टी

हरियो चियामा एलथियानिन भन्ने विशेष एमिनो एसिड हुन्छ । जसले दिमागलाई स्वस्थ राखेर व्यक्तिको तनाव कम गर्दछ । यसमा रहेको एसिडले कार्टोसोल हर्मोन पनि कम गर्दछ । कार्टिसोल हार्मोनलाई तनाव हार्मोन पनि भनिन्छ । यस कार्टसोल हार्मोनको बृद्धिका कारण व्यक्ति तनावबाट ग्रस्त हुन्छ ।

बेसार

बेसारको सेवन व्यक्तिको दिमागको लागि धेरै फाइदाजनक हुन्छ । बेसारमा रहेको कर्क्युमिन नामक तत्वले चिन्ता र तनावलाई कमगर्दछ । कक्र्युमिन ओमेगा फैटी थ्री एसिडले डीएचए लाई बढाइ दिन्छ, जुन तनाव कमगर्ने सबैभन्दा उत्तम प्रकृया हो ।

बेरी

जामुनमा धेरै एन्टिआक्सिडेन्टहरू हुन्छन्, जुन शरीरकालागि ज्यादै लाभदायक छन् । स्ट्रबेरी, ब्लूबेरी, रास्पबेरी आदि भिटामिन सी को उत्तम स्रोत हो । यि फलको खपतले व्यक्तिको तनाव कमगर्न मद्धत गर्छ ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech