१२ वर्ष माथिकालाई एक करोड मात्रा खोप भित्र्याइँदै

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७८, आईतवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा कोरोनाविरुद्ध खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।

उहाँले बालबालिकाका लागि मोर्डना ४० लाख मात्रा र फाइजर ६० लाख मात्रा ल्याउने प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको वार्षिक बैठक सन्दर्भमा जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि मोर्डना ४० लाख मात्रा र फाइजर ६० लाख मात्रा खोप ल्याउने प्रकिया अघि बढिसकेको रमोर्डनाको पैंसापनि भुक्तानी गरिसकेको जानकारी दिनुभयो ।

खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार १२ देखिमाथि उमेर समूहलाई खोप दिने मिल्ने बताउनुभयो । फाइजर र मोर्डना खोप १२ वर्षदेखि माथि उमेर समूहका सबैलाई दिन मिल्ने पनि उहाँको भनाइ छ । उहाँका अनुसार १२ वर्षभन्दा कम उमेर समूहमा पनि परीक्षण भइरहेको छ।

आगामी असोज मसान्तसम्म दुई करोड ५ लाख मात्रा खोप ल्याउने सरकारको योजना छ । उहाँले अबको एक हप्ताभित्र ४४ लाख मात्रा भेरोसील खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले ५ करोड ५० लाख मात्रा खोप आवश्यक पर्ने भन्दै योजनाअनुसार एक करोड चार लाख मात्रा खोप लगाइसकिएको जानकारी दिनुभयो।

 

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech