संसदीय समितिको निर्देशन–‘सरकारी विद्यालयमा पढेकालाई चिकित्सा शिक्षा छात्रवृत्ति दिनू’

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७८, आईतवार

काठमाडौंः सार्वजनिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले आयोगले लिने २९ समूहको परीक्षामा चिकित्सा शिक्षा ऐनअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो।

ऐनअनुसार सार्वजनिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सार्वजनिक विद्यालय कक्षा ६ देखि १० सम्म अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताउनुभयो।

समिति सदस्य एवम् पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिट र उत्तिर्ण संख्याबीच अन्तर देखिएको भन्दै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। समिति सदस्य मानबहादुर बिकले नियमावली संशोधन गरेर सरकारी विद्यालयमा अध्ययन गरेकालाई छात्रबृत्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो। चिकित्सा शिक्षा आयोगका अनुसार बर्सेनि २९ समूहमा २१७२ जनाले छात्रवृत्ति पाउँछन्। कुल सिट संख्या ८२५१ रहेको छ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech