बाँकेमा आज १७ जना संक्रमित थपिए, ५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७८, शनिबार

नेपालगन्जः बाँकेमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२२ नमुना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ९, कोहलपुर मेडिकल कलेजमा ६ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५ जना छन् ।

ती मध्ये बैजनाथ गाउँपालिकाका ३, नेपालगन्ज र कोहलपुरका १-१ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ४२ पुगेको छ ।

यस्तै आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ३७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ९५ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १५ रहेको छ भने ३ जना भेन्टिलेटरमा छन् । २८ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १९ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech