लुम्बिनीमा साढे तीन लाखले लगाए कोरोनाविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७८, शनिबार

नेपालगन्जः लुम्बिनी प्रदेशमा अहिलेसम्म साढे तीन लाख व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म लुम्बीनीमा ३ लाख ५४ हजार ४ सय ३१ जनाले खोप लगाएका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा उनीहरुले खोप लगाएका हुन् ।

लुम्बीनीमा भेरोसेल खोपको दुवै डोज लगाउनेको संख्या ३ लाख ५४ हजार ४ सय ३१ रहेको छ । त्यस्तै कोभिसिल्ड खोपको पूर्ण मात्रा लगाउनेमा २ लाख ५२ हजार ९ सय ७८ जना छन् । एक डोज मात्र लगाइने जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या २ लाख ५३ हजार ५ सय ४८ रहेको छ ।

सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको थियो। नेपालमा पहिलोपटक संक्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो। कम्तीमा ६० प्रतिशत जनसंख्यालाइ खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाई छ।

मन्त्रालयले अहिलेकै दरमा संक्रमण बढे तेस्रो लहर असोज १५ देखि कात्तिक १५ गतेभित्र आउने सक्ने चेतावनी दिएको छ। सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी अस्पतालमा काम गर्ने सरसफाइकर्मी कोभिड-१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 

  • १९ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech