बाँकेमा आज ३७ जना डिस्चार्ज, २३ जना थपिए

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३६ नमुना परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १९ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा १० वटा नमुना जाँच्दा सबै नेगेटिभ आयो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना मात्रै छन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका २ र खजुराका १ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ३७ पुगेको छ ।

यस्तै आज थप ३७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ३२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ९५ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १४ रहेको छ भने ३ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech