भारतबाट फर्किनेलाई नाकामै खोप

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७८, शुक्रबार

कंचनपुरः भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कंचनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई खोप दिन लागेको हो ।

सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । उहाँका अनुसार पहिलो डोज नाकामा लगाएकाहरूका लागि दोस्रो डोज भने सम्बन्धित पालिकामै पाउनेछन् ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech