कंचनपुरः भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कंचनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई खोप दिन लागेको हो ।
सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । उहाँका अनुसार पहिलो डोज नाकामा लगाएकाहरूका लागि दोस्रो डोज भने सम्बन्धित पालिकामै पाउनेछन् ।