कैलालीमा आजदेखि ५ क्षेत्रमा मात्रै निषेध

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७८, शुक्रबार

कैलाली: कैलालीमा कोरोना भाइरसको जोखिम रोकथामका लागि जारी निषेधाज्ञा जिवनयापनलाई सहज बनाउन आजदेखि थप खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै आजदेखि निषेधाज्ञालाई थप खुकुलो पार्नुभएको हो ।

रिजालद्वारा जारी आदेशअनुसार अब पाँच क्षेत्रमा मात्रै निषेध गरिएको छ। ‘अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न पाइने छैन,’ आदेशमा उल्लेख गरिएको छ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे दुई सय रुपैयाँ जरिबाना गरिने आदेशमा उल्लेख छ। यस्तै आजदेखि भने जिल्लामा भौतिक उपस्थितीमै विद्यालय सञ्चलन गर्न पाइने भएको छ। बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech