बाँकेमा शैक्षिक संस्था खुल्ने, तर पूरा गर्नुपर्ने छ यी मापदण्ड

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेका विद्यालय खुल्ने भएका छन् । स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर जिल्लाका शैक्षिक संस्थाहरु खोल्न दिने निर्णय जिल्ला कोभिड व्यवस्थापन केन्द्रले गरेको हो ।

केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर शैक्षिक संस्था खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो । त्यसका लागि स्थानीय तहले स्वीकृति लिनु पर्नेछ ।

पालिकाको जोखिमको अवस्था हेरेर उनीहरुले गर्ने सिफारिसका आधारमा स्थानीय प्रशासनले स्विकृित दिएपछि भौतिकरुपमै कक्षा संचालन हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

भिडभाड हुने, सभा, जुृलुस, जात्रा, महोत्सवमा भने प्रतिबन्ध कायमै छ । यस्तै धार्मिक चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech