सुदूरपश्चिमका ६ लाख बढीले लगाए कोरोना खोप

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

धनगढीः सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेका संख्या ६ लाख एक हजार पाँच सय १८ पुगेको हो।

प्रदेशमा पूर्ण खोप लगाउनको संख्या चार लाख एक हजार ३३ पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कैलालीमा एक लाख ५५ हजार पाँच सय १० जनाले पूर्ण खोप लगाएका छन्। कैलालीमा पहिलो डोज लगाउनेको संख्या भने एक लाख ९५ हजार तीन सय ६१ छ।

कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, डडेल्धुरामा १२ हजार एक सय ६२ र बाजुरामा सात हजार दुई सय १३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। प्रदेशमा अहिले पनि खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech