कोभिड अस्पताल तथा आइसोलेसन केन्द्र खाली

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

नेपालगन्जः कोरोना सङ्क्रमितको चाप घट्दै गएपछि दैलेख जिल्लामा सञ्चालन गरिएको कोभिड अस्पताल तथा आइसोलेसन केन्द्र खाली भएको छ ।

कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने सङ्क्रमित बिरामीको सङ्ख्या कम भएपछि सो अस्पताल तथा आइसोलेसन केन्द्र खाली भएको हो ।

दोस्रो लहरमा कोरोना भाइरसको महामारी फैलिएपछि स्थानीय सरकारले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए ।

कोरोनाको पहिलो लहरमा कोरोनाको ‘हटस्पट’ का रूपमा दैलेख भएपछि नारायण नगरपालिकाले ५० बेडको कोरोना अस्पताल तथा आइसोलेसन निर्माण गरेको थियो ।

दैलेखका प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माको पहलमा पीसीआर मेसिन खरिद र आइसोलेसन अस्पताल सञ्चालनमा आएपछि सहज रूपमा कोरोना परीक्षण गरिएको थियो ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech