भेरी अस्पतालमा कोभिड संक्रमित थप दुई जनाको मृत्यु, बाहिरी जिल्लाका मृतक संख्या चार सय पुग्यो

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ र सल्यानका दुईजना महिलाको उपचारका क्रममा भेरी अस्प्तालमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या चारसय पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्रिवेणी गाउँपालिका-६ सल्यानकी ६६ वर्षीया महिलाको गएराती मृत्यु भएको हो । उनी भदौ ६ गते भेरी अस्पतालमा भर्ना भएका थिइन् । उनलाई साउन ३२ गते कोभिड पुष्टि भएको थियो ।

यस्तै गडवा गाउँपालिका-६ दाङकी ९५ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ । यही १२ गते अस्पताल भर्ना भएकी उनलाई त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech