बाल सुधार गृहमा निःशुल्क आँखा तथा कान शिविर

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधार गृहमा आज निःशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १६२ जनाको आँखा जाँच गरी निःशूल्क औषधि उपलब्ध गराइएको छ ।

तीमध्ये २५ जनालाई फत्तेवाल आँखा अस्पतालमा रिफर गरिएको छ । उनीहरुलाई चस्मा लगाउनु पर्ने अवस्था देखिएको हो । यस्तै ११३ जनाको कान जाँच गरिएको र उनीहरु मध्ये अधिकांशलाई औषधि दिइएको छ ।

७ जनाको कानको जाली फुटेको पाइएको छ । उनीहरुलाई फुलटेक्रामा रहेको ब्रिनोज इयर केयर सेन्टरमा रिफर गरिएको छ । गृहका अनुसार आँखा तथा कान शिविरमा जिल्ला न्यायधीश खडानन्द तिवारी, बाँकेका सिडियो शिवराम गेलाललगायतको उपस्थिति रहेको थियो ।

कानुनी विवादमा परेर बाल सुधार गृहमा बसिरहेका ती बालकहरुलाई उहाँहरुले औषधि वितरण गर्नुभएको थियो ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech