बाँकेमा आज थप २६ जनामा कोभिड पुष्टि, १९ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ जना छन् ।

ती मध्ये खजुरा, बैजनाथ र कोहलपुरका २–२ जना र नेपालगन्ज र नरैनापुरका १–१ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार २३ पुगेको छ ।

यस्तै आज थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३१ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । ३१ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech