कोहलपुर नगरपालिकाले रेडियोलोजी, फार्मेसी र ल्याव पढ्ने ९ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो नगरभित्रका ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रावृत्ति दिने भएको छ ।

नगरपालिकाले रेडियोलोजी, फार्मेसी र ल्याव पढ्नका लागि ९ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको उपमेयर सञ्जुकुमारी थारुले जानकारी दिनुभयो । उनीहरुले भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा पढ्ने छन् ।

रेडियोलोजी, फार्मेसी र ल्यावमा तीन–तीनजना विद्यार्थी छनौट गरेर प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति दिइने उहाँको भनाइ छ ।

त्यसका लागि एसइइ उर्तिण विद्यार्थीले भेरी प्राविधिक शिक्षालयमा यही १८ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech