थप १, ६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २२२ नमूना परीक्षणमा १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ९ हजार ११७ नमूनाको पीसीआर र ३१ सय ५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये १५ सय २३ नमूनाको पीसीआर र १४१ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मंगलबार १७ सय ८६ जनाले कोरोना जितेका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ। निको हुने यो ९३।९ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ छ। ५३७ जनाको आइसीयू र १६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ८५१२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech