वेपत्ता पारिएका व्यक्तिको सम्झनामा नेपालगञ्जमा रक्तदान

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बलपूर्वक वेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज नेपालगञ्जमा रक्तदान गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, न्यायकालागि द्धन्द पीडित समाज बाँके, नेपाल बार एशोसिएशसन लगायतको आयोजनामा जारी रक्तदान कार्यक्रममा अहिले सम्म २२ जनाले रक्तदान गरेका छन् ।

रगतको अभावमा कसैलेपनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

दिवसको अवसरमा यसअघि अन्तरक्रिया तथा दिप प्रज्ज्वलन लगायतका कार्यक्रमहरु गरिएको समाजका बाँके अध्यक्ष चन्द्रकला उप्रेतीले जानकारी दिनुभयो ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech