भेरीलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७८, सोमबार

नेपालगन्जः सरकारले भेरी अस्पताल नेपालगञ्जलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको नसर्ने तथा मानसिक रोग शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र भेरी अस्पतलासहित देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।

सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेट समेत बिनियोजन गरेको छ।

नसर्ने रोगको विशिष्टकृत सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले जानकारी दिनुभयो ।

ती अस्पतालमा क्यान्सर रोगसहित कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि व्यवस्था गरिने छ। त्यहाँ विशेषज्ञ सहित जनशक्ति व्यवस्थापनका लागि दरबन्दीको व्यवस्था समेत गरिनेछ।

यी सात वटा अस्पताललाई बनाइने छ नसर्ने रोगको विशिष्टकृत अस्पताल 

-भेरी अस्पताल नेपालगञ्ज
-सेती प्रादेशिक अस्पताल धनगढी
-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
-कोशी अस्पताल
-नारायणी अस्पताल वीरगञ्ज
-भरतपुर अस्पताल चितवन
-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

 

 

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech