राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७८, सोमबार

राजविराजः सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीत झाले जानकारी दिनुभयो ।

साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको उहाँले बताउनुभयो । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरीसहित छिमेकी उदयपुर, सिरहा र सुनसरीमा रहेका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताउनुभयो । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ बेडको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech