आज बाँकेकी एकजना युवतिलाईमात्रै कोभिड

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २ र भेरी र बागेश्वरी १-१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तिमध्ये बाँकेका एकजना मात्रै छन् ।

ती कोहलपुर नगरपालिका–३ की २१ वर्षीया युवति हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ८८ पुगेको छ । यस्तै आज १६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ५६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय १९ रहेको छ ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech