महिलाले ब्रा लगाएर सुत्ने की नलगाएर ?

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।अनुसन्धानकर्ताहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असर पर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताएका छन् ।

महिलाहरुले सुत्दाखेरी भित्री कपडा ब्रा लगाउन हुन्छ कि हुँदैन भन्ने विषयमा फरक फरक धारणा रहेको पाइन्छ । कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् ।

तर, केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् । मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ ।

यसले स्तनको आसपासको मांसपेसीलाईसमेत दबाब दिने गर्दछ । जसबाट स्नायुप्रणालीमा प्रत्यक्ष असर पुग्दछ । त्यसमध्ये कसिलो ‘ब्रा’ लगाउनु झन् घातक मानिन्छ । कसिलो ब्रा ले स्तनमा हुने स–साना कोष तथा तन्तुहरुलाई दुःख दिने गर्दछ ।

त्यसैले चिकित्सकहरुले सुत्नुअघि ब्रा फुकालेर हल्का कपडा लगाउन सल्लाह दिने गर्दछन् । ब्रा लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानि गर्ने सम्भावना बढी हुन्छ । जसबाट छालामा घाउ तथा संक्रमण हुने सम्भावनासमेत रहन्छ ।अनुसन्धानकर्ताहरुकाअनुसार ब्राले शारीरिकमात्रै नभइ मानसिक तनावसमेत दिने गर्दछ ।

ब्रा लगाएर सुत्नाले जीवाणुको संक्रमणको जोखिम बढ्दछ । छातीको वरिपरि संक्रमणको जोखिम हुने र स्तनमा संक्रमणको लागि ब्राले सहयोगी भूमिका खेल्दछ ।त्यस्तै, यदि तपाइँ रातको समयमा सुत्नुअघि ब्रा नफुकाली लामो समयसम्म लगाइरहनु हुन्छ भने स्तन वरिपरि एक प्रकारको दाग एवं धब्बा बस्ने र छालाको रङ शरीरकोभन्दा फरक देखिने गर्दछ । साथै, पसिना आउने समस्या छ भने छालासम्बन्धी रोगहरुकोसमेत जोखिम बढ्दछ ।

ब्रा नलगाइ सुत्दा स्तनको आकार तल–माथि (स्तन झोल्लिने) हुने समस्या हुन्छ कि भन्ने यदि लाग्छ भने त्यसको लागि दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिइएको छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech