पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

नेपालगन्जः कोरोना संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा देशभर भेटिएका कुल एक हजार ८५७ संक्रमितमध्ये २१ देखि ३० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १ हजार ८५७ जना संक्रमित भेटिएकोमा ३६६ जना मात्र २१ देखि ३० वर्षका छन्।

त्यसपछि ३१ देखि ४० वर्षका व्यक्ति यो सूचीको दोस्रो नम्बरमा छ। ३२९ जना संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका छन्।

यस्तै, ४१ देखि ५० वर्षका २४८, ५१ देखि ६० वर्षका १७१, ११ देखि २० वर्षका १५२, ६१ देखि ७० वर्षका ९७, ७१ देखि ८० वर्षका ६९, ८० वर्ष माथिका ३३ र १० वर्षसम्मका ५१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

बाँकेमा शनिवार १३ जना संक्रमण पुष्टि भएका मध्ये २१ देखि ३० बर्षका ५ जना छन् ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech