२४ घण्टामा संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

काठमाडौं: शनिबार देशभर थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५१६ जना र ३ हजार ७३७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४१ जना गरि कुल १८५७ जनामा संक्रमण देखिएको हो ।

हालसम्म देशभर पीसीआर परीक्षण गर्दा ७ लाख ५८ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा र्संक्रमण पुष्टि भएको छ । यसैबिच गएको २४ घण्टामा संक्रमणबाट निको भएर थप २ हजार २२२ जना डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ७ लाख १० हजार ४५२ पुगेको छ । आज संक्रमणकै कारण थप २७ जनाले ज्यान गुमाएपछि हालसम्म ज्यान गुमाउनेहरुको संख्या १० हजार ६९० पुगेको छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech