कपाल प्रत्यारोपण कति सुरक्षित ? (भिडियो सहित )

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

बदलिँदो जीवनशैली तथा गलत खानपानका कारण सानै उमेरमा कपाल झर्ने र फुल्ने समस्या देखिने गरेको छ । प्रदुषण र तनावका कारण पनि कपाल झर्ने गर्छ । यस्ता समस्या महिला पुरुष दुवैमा हुन्छ । कपाल झर्नेबित्तिकै कपाल प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । सुरुमा कपालको चेकजाँच गर्ने, रगत, थाइराइड र हर्मोनको चेकजाँच गर्ने गरिन्छ । कतिपयलाई विभिन्न समस्या आएर पनि कपाल झर्ने हुन्छ, त्यसको औषधि लिएर निको हुन्छ । तालुपनाको समस्या भएको अवस्थामा कपाल प्रत्यारोपण गरिन्छ ।

के हो कपाल प्रत्यारोपण ?

प्रत्यारोपण यस्तो आधुनिक विधि हो, जसको माध्यमद्वारा छोटो समयमै कपाल पुनः उमार्न सकिन्छ ।कपाल प्रत्यारोपण भनेको आफ्नै शरीरको कुनै भागको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्ने प्रक्रिया हो । जस्तोः टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल जुन कहिल्यै झर्दैन, यस्ता स्थानका कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्नु नै कपाल प्रत्यारोपण हो ।

कपाल झर्ने समस्याको कारण, कपाल प्रत्यारोपण कति सुरक्षित र प्रभावकारी ? यी यस्तै प्रश्नहरुको जवाफ दिदैहुनुहुन्छ काठमाडौ मेडिकल कलेजमा कार्यरत वरिष्ठ छाला, यौन तथा कपाल रोग विशेषज्ञ डा.रुपक घिमिरे

 

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech