भेरी अस्पतालमा मानसिक स्वास्थ्य अन्तरंग सेवा संचालन हुने

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः सरकारले भेरी अस्पतालमा मानसिक स्वास्थ्य अन्तरंग सेवा संचालन गर्ने भएको छ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि भन्दै सरकारले भेरी अस्पताल सहित देशभरका १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा संचालन गर्ने भएको हो।

विशेषज्ञ चिकित्सक सहितको उक्त सेवा चालु आर्थिक वर्षभित्र सुरु गर्ने गरी लक्ष्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताउनुभयो ।

भेरीसहित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्रादेशिक अस्पताल तुलसीपुर दाङ, सुर्खेत, कैलाली, डडेलधुरालगायतका अस्पतालमा मानसिक स्वास्थ्य अन्तरंग सेवा संचालन हुने भएको हो ।

मनोचिकित्सक, कम्तीमा एक जना क्लिनीक साइकोलोजिस्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्ति रहनेछन्। यी १३ वटा अस्पतालहरुमा डिप्रेशन लगायत उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (सीटी) उपकरण सहितको सेवा सुरु गरिने उहाँले बताउनुभयो।

यी हुन्, मानसिक स्वास्थ्य अन्तरंग सेवा संचालन हुने अस्पतालहरुको सूचीः
१– भेरी अस्पताल नेपालगञ्ज बाँके
२– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
३– प्रादेशिक अस्पताल तुलसीपुर दाङ
४– सुर्खेत अस्पताल, सुर्खेत
५– सेती अस्पताल, धनगढी कैलाली
६–डडेल्धुरा अस्पताल, डडेल्धुरा
७– मेची अस्पताल, भद्रपुर झापा
८– कोशी अस्पताल, विराटनगर कोशी
९–राजविराज अस्पताल, सप्तरी
१०– जनकपुर अस्पताल, धनुषा
११– वीरगञज अस्पताल, पर्सा
१२–हेटौडा अस्पताल, मकवानपुर
१३– बागलुङ अस्पताल, बागलुङ

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech