स्वास्थ्यकर्मीका पीडा 

    • डा. रजनी शाह केसी

  • ११ भाद्र २०७८, शुक्रबार

स्वास्थ्यकर्मीका पीडा 

सेवा नै धर्म हो भन्ने दिन गए हजुर

यो पेसामा पीडा छ हजुर, पीडा

कोरोना कहरमा केही भोगाइ र यथार्थ 

सिफारिसमा आएका, आफ्ना नातेदार (काम परेको बेला मात्र सम्झिने), मै हुँ  बिज्ञ भन्ने, खान्दानिया धनाढ्य ।

सेवा पनि राम्रो चाहिने, ती  कथित विज्ञ आफ्नो घरपरिवारको स्याहारसुसार गर्दा आफुलाई सर्ने सोच राख्ने,

अपेक्षा अस्पतालको कर्मचारीबाट गर्ने, यस्तो हून्न भन्दा पैसाले जे पनि गर्न सकिन्छ भनेर धाक लगाउने ,अनि नसक्दा मानवताको अलंकार गर्ने।

 हजुर त्यत्ति सजिलो छैन, सबैलाइ आफ्नो ज्यानको माया छ,

ज्यानको अगाडि पैसाको मोल छैन, तपाईं आफु आफ्नो परिवारलाई नहेर्ने अरुलाई मानवता सिकाउने,

यो कोरोना युग हो आफ्नो भन्दा बढी अरुको माया गर्छु भन्ने समय होईन। 

त्यति मात्र कहाँ हुनु फेरि पुर्ण रुपमा ठिक भएर जाँदा फेरि घरमा गएर केही भयो भने,

हे भगवान !  आफ्नो जीवनको त भरोसा छैन, वहाँलाई के जवाफ दिने, कहानी अझै सकिएको छैन ।

अन्तिम पटक फेरि आफ्नो नजिकको सम्बन्ध देखाउदै केही मिनाहा, ल ठीक छ, अलिकती पुगेन !,

भोलिवाद मा हाहा गर्दै, त्यसपछि कति भोलि आऊछ र जान्छ।

यो पेसा नै यस्तै रहेछ हजुर, पीडा छ हजुर ।

हामी स्वास्थ्यकर्मीहरुको पीडा।

कसरी मान्नु हजुर सेवा नै धर्म हो

कसरी बढाउने स्वास्थ्यकर्मीको मनोबल ?

स्वास्थ्यकर्मी भगवान होइन हजुर जीवनदान दिने।

जीवनको रक्षा गर्ने दायित्व मात्र हो हजुर।

भगवानले सबैको कल्याण गरुन।

                   (डा रजनी भेरी अस्पतालकी फिजिसियन हुन् )

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech