कोभिड महामारीमा सहयोग गर्ने दाताहरुलाई भेरीले सम्मान गर्दै

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले कोभिड महामारीमा अस्पताललाई सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ ।

कोभिड महामारीमा स्वास्थ्य सामाग्रीदेखि लिएर नगद सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न लागिएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भोलि दिउँसो एक बजे विशेष कार्यक्रमको आयोजनागरी दाताहरुलाई सम्मान गरिने छ ।

कोभिड महामारीमा अस्पताललाई स्थानीय सरकार, गैरसरकारी संघसंस्था, व्यापारी, उद्योगीलगायतले उपकरणदेखि स्वास्थ्य सामाग्री र नगदैसम्म सहयोग गरेका थिए ।

त्यसरी अस्पताललाई सहयोग गर्ने ७० बढी दाताहरुलाई सम्मान गर्न लागिएको श्रेष्ठले बताउनुभयो ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech