पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

पोखराः पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ।

पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किन्नुभएको हो ।

अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गर्नुभएको हो। मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुने पौडेलले बताउनुभयो ।

नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech