भारतद्धारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

नेपालगन्जः भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट प्रदान गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताउनुभयो । उहाले आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए सहज हुने जिकिर गर्नुभयो ।

अहिले सरकारले खोपलाई प्राथमिकतामा राखेको उहाको भनाई छ । उहाले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको बताउनुभयो ।उहाले कोरोनाको महामारी नियनत्रणका लागि भारत सरकारले सदैव नेपाल सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech