‘तपाईंको मास्क खोइ ?’ अभियानमा १० लाखलाई निःशुल्क मास्क

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७८, बुधबार

नेपालगन्जः ‘तपाईंको मास्क खै ? ’ कार्यक्रम अन्तर्गत मंगलबार १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जारी अभियानअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा नौ लाख ७० हजार ८३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४७० जनालाई ३७ हजार छ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ५२३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको र देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ११३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १३ हजार ९५० जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech