थप २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

नेपालगन्जः नेपालमा मंगलवार २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech