वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

काठमाडौंः वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ ।

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु गर्ने निर्णय गरेको कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार मिर्गौला प्रत्यारोपण कमिटिको मंगलबार बिहान बसेको बैठकले प्रत्यारोपण सुरु गर्ने निर्णय गरेको हो ।

देशम पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो ।

किनकी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा डायलायसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालिएको थियो ।

अहिले कोभिडको सबै सेवा सर्जिकल भवनमा सरेको छ । अब अस्पतालको पुरानो भवनमा नन–कोभिड सेवा सुरु हुन लागेको छ । नन–कोभिडका बिरामी मारमा नपरुन भनेर यस्तो निर्णय गरिएको हो उहाँको भनाइ छ ।

मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बस्नेतले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा पारसमणि श्रेष्ठ, डा अनिल श्रेष्ठ, डा रविन बस्नेत, डा पुकार चन्द्र श्रेष्ठ, डा रजनी हाडा, डा अनिल बराल लगायतका चिकित्सकहरु रहनुभएको छ ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech