सहकर्मी समाजद्धारा भेरी र गुलरिया अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेको कोहलपुरस्थित सहकर्मी समाज नेपालले आज भेरी अस्पताल नेपालगन्ज र जिल्ला अस्पताल गुलरिया बर्दियालाई १५ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरडाइड र इको संस्थाको सहयोगमा सहकर्मी समाजले अस्पतालको सेवा प्रवाहमा सहजता होस् भन्ने उद्देश्यले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक अन्जु गुरुङले बताउनुभयो ।

भेरी अस्पताललाई ६ लाख १६ हजार र गुलरिया अस्पताललाई ९ लाख १६ हजार मूल्य बराबरको एन्टिजेन किट, पीसीआर किट, भिटिएम, सर्जिकल माक्स, ग्लोब्स, फेस सिल्ड, अक्सिजन सिलिण्डर, अक्सिजन पाइपलगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको सहकर्मी समाजका कोषाध्यक्ष बखत खड्काले बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले आपत्कालिन अवस्थामा भएको स्वास्थ्य सामाग्री सहयोगले ठूलो राहत दिएको बताउनुभयो ।

भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य सामाग्रीको सहयोगले सेवा प्रवाहमा उर्जा थपेको बताउनुभयो । यस्तै गुलरिया अस्पतालका मेसु डा सुभाष पाण्डेले यो सहयोगले कोरोना जोखिम न्युनिकरणमा टेवा पु¥याउने बताउनुभयो ।

गुलरिया अस्पताल बिकास समितिका अध्यक्ष अंगत श्रेष्ठले कोरोना संक्रमणका बेलामा स्वास्थ्य सामाग्री सहयोग गर्नु मानवीय कार्य भएको बताउनुभयो । सहकर्मी समाजका कार्यक्रम निर्देशक अमरबहादुर एैरले कोरोनाको संक्रमणले गर्दा सबै क्षेत्र प्रभाबित भैरहेको बेलामा उपचारमा सहयोग पु¥याउने दायित्वका साथ स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech