कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राप्तीसोनारीले एक लाख दिने

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७८, सोमबार

तस्विर: फाइल

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैया दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैया दिने निर्णय गरेको हो ।

कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति उपलब्ध गराउदा केही राहत हुने भएकाले पालिकाले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

बाँकेमा कोरोनाबाट ३ सय २७ जनाको मृत्यु हुँदा १३ जना राप्तीसोनारीका छन् ।

यस्तै पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech