बीपी प्रतिष्ठानका भ्रष्टाचारी पदाधिकारीलाई सरकारले संरक्षण गरेको चिकित्सकको आरोप

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७८, सोमबार

धरानः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई कार्वाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको यहाँका चिकित्सक कर्मचारीहरुले आरोप लगाएका छन् ।

७० औं दिनदेखि बीपी प्रतिष्ठान शुद्धिकरणको आन्दोलन सुरु गरेका चिकित्सक कर्मचारीहरुले तत्काल प्रतिष्ठानका उपकुलपती डा। ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा। गुरु खनाल र निर्देशक गौरीशंकर साहलार्य बर्खास्त नगरे सबै सबै स्वस्थय उपचार सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । सोमवार आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान हाता भित्र विरोध प्रर्दशन गर्दै सरकारले तत्काल पदाधिकारी हटाएर प्रतिष्ठान सुधार गर्न माग गरेका छन् ।

बीपी प्रतिष्ठान सुद्धिकरण अभियान आन्दोलन सर्घष समितिका सहसंयोजक डा विष्णु पोखरेलले प्रधानमन्त्रीले गठन गरेको छानविन समितिले नै प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितिामा मुछिएको प्रतिवेदन बुझाउदा समेत कारवाही नहुनु दुखद भएको बताउनुभयो ।

समितिका संयोजक डा। सुर्यप्रसाद रिमालले छानविन समिति र अख्तियारले समेत दोषि देखाएका प्रतिष्ठानका पदाधिकारीहरुलाई सरकारले कार्वाहि नगर्नु प्रतिष्ठान माथी खेलबाट गरेको आरोप लगाउनुभयो । उहाँले भ्रष्ट्रचारमा संलग्नलाई कारवाही गर्न ढिला गरिए काम छाडेर आन्दोलन थप चर्काउने चेतावनी दिनुभएको छ ।

बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिए पश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालयका सचिवि डां बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्य छानविन समिति गठन गर्नुभएके थियो । उक्त समितिले प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा मुछिएको र प्रतिष्ठानलाई सहि नेतृत्व प्रदान गर्न नसकेकोे प्रतिबेदन देउवालाई बुझाएको थियो ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech