बाँकेमा आज कोभिडबाट दुईजना युवाको मृत्यु, २२ थपिए, २४ जना सिकिस्त

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सुर्खेत र कैलालीका दुई युवा हुन् । गुर्वाकोट नगरपालिका–५ सुर्खेतका ३९ वर्षीय युवाको दिउँसो सवा एक बजेतिर मृत्यु भएको हो ।

यस्तै टीकापुर नगरपालिका–१ कैलालीका २८ वर्षीय युवकको विहान साढे ८ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९० जनाको मृत्यु भएको छ । यस्तै आज थप २२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

१ सय ३७ वटा नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका १२ जना छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ८ सय ७९ पुगेको छ ।

आज ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८३ पुगेको छ ।

२४ जना सिकिस्त बिरामी छन् भने ३३ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । ५ जनाको भेन्टिलेटरमा राखेर उचपार भइरहेको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech