बर्दियामा आज र भोलि विद्यार्थीलाई एस्ट्राजेनेका खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

गुलरियाः बर्दियामा आजदेखि कोरोना विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु गरिएको छ ।

गुलरिया, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका त्यस्तै बढैयाताल र गेरुवा गाउँपालिकामा एष्ट्राजेनेकाको खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार विश्वविद्यालयका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थी र १८ बर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीलाई एष्ट्राजेनेकाको खोप लगाउन सुरु गरिएको छ ।

प्रत्येक पालिकामा एउटा केन्द्र तोकेर भोलिसम्म खोपको पहिलो डोज लगाइने उहाँको भनाइ छ । खोपको दोस्रो डोज भने ८ देखि १२ हप्तामा लगाइने पनि गिरीले बताउनुभयो ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech