कोभिडबाट भेरीमा २८ वर्षीय युवाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ कैलालीका २८ वर्षीय युवकको आज विहान मृत्यु भएको हो । भदौ एक गते भेरी अस्पताल भर्ना भएका उनको दुई गते कोभिड पुष्टि भएको थियो । त्यसैदिन उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नहुँदा उनको विहान साढे ८ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ८९ जनाको मृत्यु भएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech