आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्जः  काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । महानगरले विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको हो ।

प्लस टु र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको महानगरले जनाएको छ । आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।

महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५ र ८ गते सञ्चालन हुने छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech