बाँकेमा भेरोसेलको दोस्रो डोज कहिले लगाइँदै छ ?

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज यही भदौ ७ र ८ गते दिइने भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई यही भदौ ७ र ८ गते जिल्लाका आठवटै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत दोस्रो डोज दिन लागिएको हो ।

बाँकेमा साउन ३, ४, ५ र १०, ११ र १२ गते गरी दुई चरणमा ८ पालिकाका ३३ हजार ३ सय ३३ जनालाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

५५ वर्षमाथिका जेष्ठ नागरिक, यातायातकर्मी (सार्वजनिक सवारी साधनका चालक–सहचालक), शिक्षक तथा प्राध्यापकलाई खोप लगाइएको थियो ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech