भारतले उत्पादन गरेको कोभिसिल्ड खोप नक्कली

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

नेपालगन्जः भारतको प्रमुख कोभिड खोप कोभिसिल्डको नक्कली संस्करण भेटेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बताएको छ।

ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

डब्ल्यूएचओले नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएको छ।

भारतीय सरकारले यसबारे औपचारिक धारणा राखेको छैन। तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।

 

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech